अध्यादेशको राप्रपा नेपालद्वारा विरोध
लोक कल्याणकारी विज्ञापन

मंसिर २६– राप्रपा नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । राप्रपाले सोमबार एक विज्ञप्तिमार्फत सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा सरकारले फौजदारी संहितामा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको भन्दै विरोध गरेको हो ।
गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक रहेको प्रवक्ता वसन्तमान सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न पनि राप्रपा नेपालले माग गरेको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
