Climate

देशरभर चिसो बढ्याे, जुम्लाको तापक्रम माइनस ४.५ डिग्री

बिज्ञापन

काठमाडौं । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ ।

बिज्ञापन

जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो ।

काठमाडौँ उपत्यकाकाे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ। आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिज्ञापन