बिश्व

प्रधानमन्त्रीलाई मारौँ भन्ने काँग्रेस नेता पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद आग्रह गरेको आरोपमा मध्य प्रदेश काँग्रेसका नेता राजा पटेरिया पक्राउ परेका छन् । हिजो सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीको हत्या गर्न मानिसहरुको एउटा समूहलाई उचालेको आरोप लागेको छ ।

भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूलाई भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, उनले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित,आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनको निम्ति मोदीलाई मार्न तयार हुनुहोस् ।’

बिज्ञापन

उनको टिप्पणीपछि मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुध्द मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको छ । पटेरियाविरुद्ध हिजो दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको छ । 

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उक्त टिप्पणीको निन्दा गरेका छन् । उनले काँग्रेस नेता राहुल गान्धीको पनि विरोध गरेका छन् । ‘भारत जोडो यात्राको नाटक गर्नेहरूको वास्तविक अनुहार बाहिर आउँदैछ’, उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।