घटना समाचार

हिरासतमा रहेका श्रीमान् भेट्न लागुऔषध लिएर गएपछि…

बिज्ञापन

२७  म‌ंसिर, दाङ ।  दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बिज्ञापन

हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार हिरासतमा रहेका खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका थिए ।

सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रीमानलाई भेट्न भन्दै शान्ती जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । फलफूल लिएर श्रीमानलाई भेट्न गएकी उनलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको हो ।

बिज्ञापन