तरलता अभावको अवस्था छिट्टै अन्त्य हुन्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको तरलता अभावको अवस्था धेरै समय नरहने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को छैटौँ महासभामा उनले यस्तो बताएका हुन् ।
विश्वकै अर्थतन्त्रमा चाप परेकाले नेपालले पनि त्यसको प्रभाव भोग्नुपरेको उनले बताए । ‘तरलता अभावका कारण ब्याजदर बढेको हो । यो घट्छ । केही समयका लागि मात्र हो,’ उनले भने, ‘बैंकमा तरलता सहज हुँदै गएको छ । ब्याजदर यसैगरी बढेरै रहँदैन ।’

बजारमा ऋण लगेर फिर्ता नआउँदा तरलतामा चाप परेको उनले बताए । व्यवसायीले हस्तक्षेप गर्न उप्रेरणा गर्ने भन्दै उनले हस्तक्षेपकारी नीति क्षणिक हुने बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
