खेलकुद

टीकापुरमा खुला चेस प्रतियोगिता सफलता पूर्वक सम्पन्न

बिज्ञापन

टीकापुर, २८ मंसिर । टीकापुरमा आयोजित खुला चेस प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ । ४–एच नेपाल एएफयू शाखा, टीकापुरले यही मंसिर २७ गते CNRM–टिकापुरमा ‘खुला चेस प्रतियोगिता’ सफलता पूर्वक सम्पन्न गरेको छ ।

बिज्ञापन

खेलमा पहिलो करुण शर्मा न्यौपाने रु.१०००, पदक र प्रमाण पत्र पाएका थिए भने दोस्रोमा टोया राज भट्टले रु.७०० र प्रमाण पत्र पाए, त्यस्तै तेस्रोमा प्रदीप जोशीले रु. ५०० र प्रमाण पत्र पाएका थिए । सान्त्वनामा अभिषेक देवकोटा र सम्राट खड्काले रु.२००/२०० पाएका थिए । महिला तर्फभने पहिलो हुने कविता भाटले रु.७००, पदक र प्रमाण पत्र, दोस्रो चन्द्रिका चन्द ठकुरीले रु.५०० र प्रमाण पत्र र तेस्रो योगिता नेपालीले रु.२०० र प्रमाण पत्र पाएकी थिईन ।


प्रतियोगिता नकआउट प्रणालीमा आधारित थियो जहाँ प्रतियोगितामा २४ खेलाडीले सहभागिता जनाएका थिए (१८ ओपन + महिला विधामा ६) ।

कार्यक्रम श्रमेन्द्र रिजाल (अध्यक्ष–४–एच नेपाल एएफयू शाखा (टिकापुर) को अध्यक्षतामा भएको थियो । प्रमुख अतिथिको रूपमा धनबहादुर बोगटी (उप–अध्यक्ष, नेपाल चेस संघ), आर्बिटर सुजाना लोहनी भने मिडिया पार्टनर मालिका समाचार रहेको थियो ।


आयोजकले प्रायोजक डा. निश्चल पाण्डे (गुडविल फाइनान्स लिमिटेड) लाई विशेष धन्यवाद दिएको थियो जसले चेस उत्साहीहरूलाई चेस लेख्नुमा समर्थन गरेका थिए ।

बिज्ञापन