राजनीति

प्रकाशमान भन्छन्: प्रधानमन्त्री हुने क्षमता छ तर मन्त्री भएपनि जनताका लागि सुनमा सुगन्ध हुन्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्।
काठमाडौं–१ मा पर्ने शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको बताएका हुन्।

‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिस्टिरै हुनुपर्ने छैन,’ सिंहले भने।

बिज्ञापन

उनले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको पनि बताए। तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो।

‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा छ,’ उनले भने, ‘यो त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसले निर्भर गर्छ।’

सिंहले आफू मन्त्री भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको पनि बताए।

‘म पदमा भयो भने त तपाईंहरुलाई सुनमा सुगन्धै भयो। पदमा नभए पनि माननीय तपाईंहरुले बनाइदिनुभयो,’ उनले भने, ‘योभन्दा ठूलो अरु के होला ररु जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद हो।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।