राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउने छिन् ।
राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।

सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।
४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
