राष्ट्रिय समाचार

१९ वर्षपछि उन्मुक्त शोभराज, नेपालको आकाश नदेखेरै पुगे फ्रान्स

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको अन्तरालमा खुला आकाश देख्न पाएका चार्ल्स शोभराजले प्रसाशनसँग आफ्नो तस्वीर नखिचाउन अनुरोध गरेका थिए । र, प्रहरीले उनकै अनुरोध बमोजिम अनुहार छोपेर अध्यागमन पुर्याए । अध्यागमनदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म कसैलाई तस्वीर खिच्न नदिइ प्रहरीले उनलाई पुर्यायो । 

सम्भवत उनले नेपालको खुला आकाश देख्नै पाएन । तर, जहाज चढेपछि शोभराजको एउटा तस्वीर सार्वजनिक भयो । जहाँ वयोवृद्ध शोभराज उन्मुक्त देखिए । कतार एयरवेजबाट फ्रान्स उडेका शोभराज जहाजको दायाँ पट्टीको छेउ सिटमा बसेका छन् । र, त्यहीँ नेपाली जस्तो देखिने दुई युवती पनि देखिएका छन् ।

बिज्ञापन

तस्वीर नखिचाउन अनुरोध गरेका शोभराज जहाजमा भने तस्वीर खिचाउन तयार भएछ । उन्मुक्त भएर क्यामेरातिरै हेरिरहेका देखिन्छन् । र, यो नै १९ वर्षपछिको शोभराजको सार्वजनिक भएको तस्वीर हो । 

बुधबार न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि शोभराजको तस्वीर र भिडियो खिच्न मिडियाहरूले केन्द्रीय कारागारको गेटमा ढुके । तर, पनि उनको तस्वीर खिच्न पाएनन् । 

शोभराजलाई मिडियाहरूले विमानस्थलसम्मै पछ्यायो, तर पनि उनको तस्वीर खिच्न पाएनन् । तर, जब शोभराज आकाशमा उडे, उनको तस्वीर सार्वजनिक भयो । तस्वीर सार्वजनिक हुँदासम्म शोभराज नेपाल छाडिसकेका छन् । 

कुख्यात बिकिनी किलर शोभराज नेपालबाट ‘डिपोर्ट’ गरिएको छ । शोभराजलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने उनकै देश फ्रान्स पठाइएको हो । नेपालमा अमेरिकी र क्यानडेली महिलाको हत्या गरेको अभियोगमा शोभराजले झन्डै १९ जेल जीवन बिताएका थिए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।