अन्तर्राष्ट्रिय भलिबल : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु-२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलंकासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०-३ को सोझो सेटमा पराजित भएको थियो ।

आजको खेलमा नेपालले श्रीलङ्कासँग पहिलो सेट २४-२६ ले गुमायो भने खेलको दोस्रो सेट १८-२५ ले गुमायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेटमा नेपाल १७-२५ ले पराजित भयो ।
यही पुस ११ गतेसम्म चल्ने उक्त च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ । उक्त खेल भोलि हुनेछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
