सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने गठबन्धनको तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने तयारी गरेको छ ।
संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ । सो समयभित्र गठबन्धनले सरकार बनाउन सहमति जुटाउन नसक्ने भएपछि थप समय माग्ने तयारी गरेको हो ।

संविधानले प्रतिनिधिसभा सदस्यको परिणाम आएको एक महिनाभित्र गठनको आह्वान गर्न भनेको छ । सोही अनुसार गठबन्धनले राष्ट्रपतिबाट पाएको १० दिनको समय भोलि सकिँदै छ ।
बालुवाटारमा जारी गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल जारी राख्ने र राष्ट्रपतिसँग थप समय माग्न आग्रह गर्ने शीर्ष नेताहरूलाई भनेका छन् ।
गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।
माओवादीले सरकारको नेतृत्व आफूले गर्नुपर्ने बताउँदै आएको छ । पहिलो दल भएका कारण कांग्रेसले पनि आफ्नो दाबी कायम नै राखेको छ ।
अहिले शीर्ष नेताहरू बालुवाटारमा छलफलमा छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
