सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा नव निर्वाचित सांसदको शपथ १५ गते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सुदूरपश्चिमका नव निर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आगामी १५ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै आगामी १५ गते १ः३५ मा प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण हुने जनाएको हो ।

१५ गते प्रदेश प्रमुख देव राज जोशीले पहिले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउने छन् । त्यस लगत्तै रावलले प्रदेशका अन्य ५२ जना प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् ।

बिज्ञापन

यस पटक प्रदेशमा मात्रृभाषामा पनि शपथ ग्रहण गर्ने व्यवस्था गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए । उनका अनुसार त्यसको लागि सांसदले ३ दिन भित्र प्रदेश सभालाई जानकारी दिनु पर्ने छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।