Climate

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

बिज्ञापन

काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ ।

बिज्ञापन

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ ।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने देशकै चिसो हुने स्थान जुम्लामा माइनस ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

बिज्ञापन