नेपाल टी २० क्रिकेट : पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगरबीच हुँदै

काठमाडौं । नेपाल टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा दुई खेल हुँदैछ । आइतबार पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ ।
खेल बिहान ९ः१५ बाट सुरु हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरको पहिलो खेलमा जित निकाल्ने दाउमा छ ।

दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ः१५ बाट सुरु हुँदा पोखरा पहिलो जित निकाल्न चाहन्छ । पोखरा पहिलो खेलमा काठमाडौंसँग पराजित भएको थियो ।
पुस २७ गते हुने फाइनलमा खेलको विजेताले ५५ लाख पाउनेछ । यसैगरी उपविजेताले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।
प्रतियोगिताका काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
