कोरोनाको बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय स्वास्थ्य संस्थाहरूमा गएर कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन पनि अनुरोध गरेको छ । छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को संक्रमण बढ्दै गएको भन्दै मास्क लगाउन र बुस्टर डोज खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।
नेपालमा बिएफ-७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
