राजनीति

देउवाले सहमति तोड्दा गठवन्धन टुट्यो : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दा गठबन्धन टुटेको बताएका छन् ।

प्रचण्डले एक साता अघि भएको सहमति देउवाले तोड्दा गठवन्धन टुटेको बताए । आजभन्दा ठीक एक साताअघि देउवासँग पहिलो चरणको नेतृत्व आफूले गर्ने, दोस्रो चरणको देउवाले गर्ने सहमति भएको प्रचण्डले बताए ।

बिज्ञापन

‘हिजो आएर उहाँले मलाई असाध्यै ठूलो दबाव भयो । पार्टीभित्र र साथीहरुलाई मनाउन सकिनँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्न सक्दिन भन्नभयो’, उनले भने ।

देउवा सहमतिमा नटिकेपछि नयाँ परिस्थिति बनेको भन्दै प्रचण्डले भने, ‘गठबन्धन तोड्ने हाम्रो उद्देश्य थिएन । तर कांग्रेस इमान्दार भएको देखिएन ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।