राजनीति

नयाँ सरकार बनाउन सहयोग गर्ने राप्रपाको निर्णय

बिज्ञापन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ सरकार बनाउन सहयोग गर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जसको नेतृत्वमा सरकार बने पनि सहयोग गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

‘हामी प्रचण्डको नेतृत्वमा वा शेरबहादुर देउवा जसको नेतृत्वमा सरकार बनाए पनि बाधक बन्दैनौं’, एक नेताले भने, ‘नयाँ सरकारलाई राप्रपाले समर्थन गर्छ, बाधक बन्दैन । मध्यावधि चुनावमा नजाओस्, स्थायित्वका लागि हामीले यस्तो निर्णय गरिएको हो ।’

यसअघि अध्यक्ष राजेन्द्र लिङदेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर नयाँ सरकार गठनका लागि छलफल गरेका थिए । बालकोटमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका छन्।

बिज्ञापन