Climate

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

बिज्ञापन

काठमाडौं । आज देशकका केही भू-भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिज्ञापन

गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएकाे छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने सम्भावना रहेको छ ।

सडक तथा हवाई यातायात सेवामा पनि हुस्सु र कुहिरोका कारण न्यून भिजिलिटी हुँदा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभिागले आग्रह गरेको छ ।

बिज्ञापन