राजनीति

‘सर्पवाला लुँडो’जस्तै राजनीतिक घटनाक्रम : गगन थापा

बिज्ञापन

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले सरकार गठनबारे आफूहरुसँग छलफल नै नगरेको बताएका छन् ।

बिज्ञापन

सोमबार पोखरामा नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले सरकार गठन गर्ने सवालमा देउवाले पार्टीभित्र छलफल नगर्दा अपमानित भएको महसुस भएको समेत बताए ।

उनले भने, ‘म पार्टीको निर्वाचित महामन्त्री हुँ । सांसद पनि हुँ । सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो । तर उहाँको फोन कुरेर म बसिरहेँ । उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ ।’ अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ जस्तो भएको उनको टिप्पणी गरे ।

महामन्त्री थापाले भने, ‘तलबाट भर्‍याङ चढ्दै चढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तलझरेजस्तो परिस्थिति भयो हिजोको राजनीतिक घटनाक्रम ।’ उनले अब कांग्रेस सम्पूर्ण रूपमा पार्टी सुदृढीकरणमा लाग्न आवश्यक रहेको बताए ।

बिज्ञापन