स्पेनमा पुलबाट बस खस्दा ७ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

म्याड्रिड । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो ।
बिज्ञापन

लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर(९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् ।
खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।
बस चालकको रक्सी र लागूऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरूले बताएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
