अर्थ

विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा भन्सार नलिन प्रधानमन्त्रीको निर्देशन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा लाग्ने भन्सार तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

उनले विदेशबाट आउने नेपालीले ल्याउने मोबाइलमा कडाइ गरिएको भन्दै तत्काललाई उक्त व्यवस्था कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।

बिज्ञापन

विदेशमा बसेर नेपाल फर्कँदा ल्याउन पाइने मोबाइलमा गरिएको कडाइका विषयमा अहिले नै चलिरहेको प्रक्रियामै रहन दिन निर्देशन दिइएको हो ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  नो–रेमिट्यान्स ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।