सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आइतबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । भट्ट डडेलधुराको प्रदेश सभा (क) बाट निर्वाचित हुनुभएको हो ।  भट्ट माओवादीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ । उहाँलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । 

नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार नै भट्टलाई दलको नेता बनाउन संसदीय दललाई निर्देशन दिएको थियो । अर्का दाबेदार ओमविक्रम भाट ‘सरल’ले समेत दलको नेता हुने आकांक्षा राखेपछि दलको नेता छान्न ढिलाई भएको प्रदेश सभा सदस्य रमेश धामीले बताउनुभयो । सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन् ।

बिज्ञापन

यसअघि नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन् । प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि दलको नेता छान्ने प्रदेश सभा सदस्य पदम शाहीले जानकारी दिनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।