राजनीति

सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव आएको छैन : गंगालाल

बिज्ञापन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुन औपचारिक रुपमा प्रस्ताव नआएको बताएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव गंगालाल तुलाधरले सरकारमा सहभागी कुनै पनि पार्टीले सरकारमा सहभागी हुनको लागि औपचारिक रुपमा प्रस्ताव नआएको बताएका हुन् । 

बिज्ञापन

उनले नाटकीय रुपमा यो गठबन्धन भएको टिप्पणी गर्दै आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले अहिलेसम्म कुनै पनि निर्णय नभएको पनि बताए ।  

नेकपा एमालेसँग पार्टी एकीकरणको विषयमा कुनै सत्यता नभएको समेत बताए। उनले एमालेका केही नेताहरूले पार्टी एकता गर्ने कुरा चलाएको भए पनि आफ्नो पार्टीमा भने कुनै छलफल नभएको समेत बताए । 

बिज्ञापन