घटना

गर्भवती महिलाको पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ ।

विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए । न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन् । सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस सुरु गरेको छ ।

बिज्ञापन

अनलाइनमा व्यापक रूपमा सेयर गरिएको भिडियोमा साम्ब १ डिसेम्बरमा नियमित बजेट बहसको क्रममा एनडियाई तर्फ हिँड्दै र उनलाई थप्पड हानेको देखिन्छन । त्यसपछि उनले कुर्सी हानेर बदला लिन्छिन्, तर तत्कालै अर्का पुरुष सहकर्मीले उनको पेटमा लात हानेका थिए । त्यसपछि अन्य सांसदहरूले स्थिति शान्त पार्न खोज्दा झडप भएको थियो ।

सत्तारुढ बेन्नो बोक याकार गठबन्धनकी सदस्य एनडियाई आक्रमणपछि संसदमा बेहोस भइन् र उनले बच्चा गुमाउने डर बढेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनी हाल कठिन अवस्थामा रहेकी उनका वकिलले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।