राष्ट्रिय समाचार

डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने यातायात मन्त्रीकाे भनाइ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैँ, पुस १९ गते । उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेपछि पहिलो पटक एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा सो कार्यालय प्रमुखलाई सेवाग्राहीलाई छिटो र छरितो रुपमा सेवा दिन निर्देशन दिनुभयो ।

उहाँले कार्यालय निरीक्षण गरेपछि सोबारे पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरी चाँडै कार्यालयको कामकारबाहीलाई डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने बताउनुभयो ।

बिज्ञापन

उहाँले यातायातको सुधार व्यवस्थापन गर्ने कार्ययोजना ल्याउन संघ र प्रदेश मन्त्रालयको बैठक बस्ने बताउनुभयो । 

‘‘सेवाग्राहीले पीडा पाएका छन्, विहानदेखि आएर पनि काम भएको छैन, यहीँ आएर पेसा बुझाउन आएका छन्, अहिलेको नयाँ युगमा पनि । यी सबैलाई सम्बोधन गर्न नयाँ सुधार कार्यक्रम ल्याउनुपर्छ ।’’ उहाँले भन्नुभयो, ‘‘ सेवाग्राहीको पीडा पनि देखेँ, कर्मचारीको मनबल, सम्मान र प्रतिष्ठा उच्च बनाएर जिम्मेवारीबोध गराउन चाहन्छु, सुशासन पहिलो र समयमै काम गर्न गरी कार्ययोजना ल्याउछौँ ।’’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।