प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : जसपा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् ।
संसद् भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।
बिज्ञापन

‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं’, नेता यादवले भने । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको समेत बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
