अर्थ

पेट्रलियम पदार्थको मूल्य घटाउने निगमको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुस २२ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएसँगै नेपाल आयल निगमले पेट्रलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।

हिजो बिहीबार प्रधानमन्त्री प्रचण्डले निगमको सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए ।

बिज्ञापन

प्रधानमन्त्रीले निर्देशन दिएसँगै अब सञ्चालक समितिले मूल्य घटाउने निर्णय गर्नुपर्ने हुन्छ । तर हिजैमात्र मन्त्रिपरिषद्‌को बैठकले सचिव रायालाई अर्थ मन्त्रालयका सचिवमा सरुवा गरेको छ । अहिले प्रधानमन्त्री दाहालले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

अब नयाँ सचिव आएर सञ्चालक समितिको बैठक बसेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य कतिले घटाउने विषयमा निर्णय हुने निगम स्रोतले जनाएको छ । तर मूल्य भने घट्ने पक्का रहेको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।