चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’

चीनको उत्तरपूर्वी भेगमा बाक्लो हिमपात भएको छ । हिउँदको तीन महिनामा विशेषगरी उत्तरपूर्वी हेइलोङचियाङ प्रान्तमा हिउँ मेला लाग्ने गर्छ । त्यसमा पनि सबैभन्दा धेरै सोही प्रान्तको हारपिन शहरमा हिउँका विभिन्न कला प्रस्तुत गरिन्छ ।
आफ्नो कला प्रस्तुत गर्न अहिले चीन र विदेशका धेरै कलाकारहरु हारपिन शहर पुगेको बताइन्छ । सोही क्रममा त्यहाँ १८ मीटर अग्लो विशाल ‘हिउँ मान्छे’ बनाइएको छ । निकै आकर्षक उक्त हिउँ कलालाई चिनियाँ समाचार समिति सिन्ह्वाले भिडियोसहित सम्प्रेषण गरेको छ । विशाल उक्त हिउँ मूर्ति बनाउन दुई हजार क्युबिक मीटर हिउँ प्रयोग भएको छ ।

अहिले सोही मूर्ति चीन र हारपिन शहरमा इन्टरनेट सेलेब्रिटी बनेको छ । सामाजिक सञ्जालमा हिउँ मान्छेको हँसिलो अनुहारको धेरैले प्रशंसा गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
