राजनीति

कांग्रेस अब च्याँखे थाप्दै बस्ने हो : ओली

बिज्ञापन

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिज्ञापन

शनिबार पार्टीबाट निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त ढंगले गाइड गर्छौँ ।’

अध्यक्ष ओलीले २६ पुसमा सरकारले विश्वासको मत प्राप्त गर्ने र यो सरकारले विश्वासको मत पाएपछि कांग्रेस पाँचै वर्ष प्रतिपक्षमा रहेर विरोध गर्ने दावी गरे । उनले भने, ‘अब कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्दै बस्ने हो ।’ उनले कांग्रेसले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको औचित्य नै नरहेको बताए ।

‘हामीलाई त थाङ्नामा सुताउन खोज्ने कांग्रेसले अरूलाई नगर्ला भन्न सकिन्न । हामीलाई नै अस्ति ५ बजेसम्म पर्खाएर धारा ७६ (३) को सरकार बनाउन खोज्दै थियो’ ओलीले भने, ‘कांग्रेसलाई हामीले असफल बनाएको हो ।’

बिज्ञापन