घटना

अपांग नाबालिग करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२४ पुस, पोखरा । अपांग नाबालिग बलात्कार अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–२३ का ७१ वर्षीय तारानाथ तिवारी छन् । तिवारी पुस २२ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

बिज्ञापन

तिवारीले ०७६ साउन ७ गते शारीरिक अपांगतासमेत रहेकी नाबालिग पोखरा १३ (परिवर्तित नाम) लाई जबरजस्ती गरेको उजुरी परेको थियो ।

सोही आरोपमा प्रहरीले तत्काल पक्राउ गरेर अनुसन्धानपश्चात जिल्ला अदालतमा पेश गरेको थियो । तत्कालीन समयमा तिवारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा गए पनि ०७७ असोज २७ गतेको फैसलाले सफाइ दिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।