घटना समाचार

ठमेलमा ‘केटी मिलाइदिने’ धन्दामा संलग्न ६ जना पक्राउ

बिज्ञापन

काठमाडौं । ठमेल क्षेत्रमा बिचौलियाका रुपमा काम गर्ने ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार ६ जनालाई पक्राउ गरेको हो ।

बिज्ञापन

नारायण कार्की, बिशेष थापा, दिपेश तामाङ, कृष्ण तामाङ, अर्जुन कटवाल र यज्ञराज जोशलिाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ठमेल घुम्न जानेहरुलाई केटी मिलाइने, डान्सक्लबमा जान फकाउने जस्तो गतिविधि गर्दै आएका थिए ।
पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । लैनचौर वृत्तले यस्ता विषयमा चासो नदिएपछि अपराध अनुसन्धान कार्यालयले अप्रेसन गरेको हो ।

बिज्ञापन