घटना समाचार

तुइनबाट खसेर बालक बेपत्ता

बिज्ञापन

दार्चुला, पुस २४ गते । व्यास गाउँपालिका–४ डोकट उँको तल तुइनबाट खसेर महाकाली नदीमा एक जना बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दीपेन्द्र विष्ट शनिवार तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् । 

बिज्ञापन

व्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दीपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो । घटना बिहीबार दिउँसोतिर भएको भए पनि शनिवार मात्र सार्वजनिक रूपमा जानकारीमा आएको हो ।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने उक्त घटनाबारे यकिन जानकारी नभएको बताएको छ । प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिनुभयो ।

बिज्ञापन