घटना

टीकापुर आइरहेको बस लखनऊमा दुर्घटना, १४ जना नेपाली मृत्यु भएको आशंका, तीन जना नेपालीको सनाखत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २५ पुष । टीकापुर आइरहेको बस लखनऊमा दुर्घटना भएको छ जसमा १४ जना नेपाली मृत्यु भएको आशंका गरिएको छ र अहिलेसम्म तीन जना नेपालीको मात्र सनाखत भएको छ ।


लखनऊ भारतीय प्रहरीले दिएको जानकारी अनुसार भारतको उत्तर प्रदेशस्थित लखनउको उन्नाउ भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्युको थियो भने चालक सहित १४ जनाको मृत्यु भएको आशंका गरिको छ । सनाखत भएका नेपाली मध्ये टीकापुरको ब्यायवसाय क्षेत्रमा बस्ने चन्द्रबहादुर साउँद, ज्योतिनगर बस्ने ललित साउँद, कमला बोहरा रहेका छन् । घाईतेको लखनऊको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन


बस भारतको गुजरातबाट नेपाली यात्रु लिएर टीकापुर आइरहेको थियो । बसलाई विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारी साधनले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ ।


बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको आशंका रहेको छ । बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।