राष्ट्रिय समाचार

सामाजिक सुरक्षा भत्ता ६० वर्ष माथिकालाई प्रदान गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, पुस २५ गते । सरकारले ज्येष्ठ नागरिकका लागि दिइने सामाजिक सुरक्षा भत्ता अब ६० वर्ष माथिकालाई दिने निर्णय गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्नुहुँदै सरकारले  यस्तो नीति ल्याएको जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भइरहेको छ ।

बिज्ञापन

यसैगरी, उहाँले दुई वर्षमा सबैलाई साक्षर बनाउने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वस्थ नेपाल : निरोगी नेपाल लागू गर्ने, महिनावारी हुने महिलालाई मासिक एक हजार दिने, सबै बालबालिकालाई पूर्ण खोपको व्यवस्था गर्ने, श्रम ऐनमा आवश्यक संशोधन गर्ने र महिलाको प्रजनन् स्वास्थ्यको संरक्षण गर्ने न्यूनतम साझा कार्यक्रमा समेटिएको बताउनुभयो ।

त्यस्तै, कुनै पनि नेपालीले सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण गरिने, सिंचाइ आयोजनाहरूलाई पूरा गरिने, भूमि बैंकको स्थापना गर्ने, मल खरिदको व्यवस्थामा सुधार गर्ने, कृषि उपजको मूल्य तोक्ने, ऊर्जा विकासमार्फत आर्थिक विकास गर्ने, नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने, बाल संरक्षण अनुदान दिइने र गर्भ अवस्थादेखि मृत्युसम्मको सुरक्षा व्यवस्था गर्ने सरकारको कार्यक्रममा उल्लेख छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि प्राप्त गर्न प्रभावकारी पहल गरिने

यसैगरी, सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकको क्षेत्रको भूमि प्राप्त गर्न प्रभावकारी पहल गर्ने छ भन्दै अर्थमन्त्री पौडेलले दुवै छिमेकीसहित सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने, राष्ट्रिय भूमि आयोग गठन गर्ने, सबैका लागि सञ्चार सुविधा सस्तो र भरपर्दो बनाइने, साइवर सुरक्षा कायम गर्ने, भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने,  गुणस्तरीय पर्यटकको सङ्ख्या बढाउने, सामाजिक न्यायको प्रत्याभूति गरिने, जलवायु परिवर्तनबारेमा सगरमाथा संवाद गरिने, लैङ्गिक समानतालाई दिगो र परिणाममुखी बनाइने र सामाजिक विकृतिको अन्त्य गर्दै सामाजिक न्याय सुदृढ गर्ने न्यूनमत साझा कार्यक्रममा समेटिएको छ, अर्थमन्त्री पौडेलले भन्नुभयो । 

अर्थमन्त्री पौडेलले यौनिक र अल्पसङ्ख्यकको अधिकारको संरक्षण गर्ने, द्वन्द्व पीडितलाई थप, सहुलियत प्रदान गर्ने र राष्ट्रिय सुरक्षालाई केन्द्र बिन्दुमा राखेर लाने पनि न्यूनतम साझा कार्यक्रममा राखिएको जानकारी दिनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।