प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
संविधान रक्षाका लागि कांग्रेसले विश्वासको मत दिने निर्णय सर्वसम्मत भएको कांग्रेसका एक नेताले जानकारी दिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने ती नेताले बताए।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए। सोही अनुसार कार्यसूची तय भएको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सदनलाई जानकारी गराएका थिए।
आफूलाई विश्वासका मत दिन भन्दै प्रधानमन्त्री प्रचण्डले हिजो साझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
