लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत
लोक कल्याणकारी विज्ञापन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन् ।
महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट दोस्रो पटक निर्वाचित शर्मा दलका नेतामा सर्वसम्मत भएका हुन् । मधेसका पूर्व राज्यमन्त्री पनि रहेका उनी पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् ।
बिज्ञापन

लोसपा दलका नेताका लागि पार्टीको प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र सांसद उपेन्द्र महतो पनि आकांक्षी थिए ।
मधेश प्रदेशमा लोसपाको ९ सांसद छन् । लोसपा मधेश प्रदेशमा पनि प्रतिपक्ष रहने भएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
