राष्ट्रिय समाचार

अवैध अण्डा र चल्ला आयात रोक्न गृहमन्त्रीको निर्देशन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन, पुस २८ गते । गृहमन्त्री भएपछि पहिलोपटक बिहीबार चितवन आउनुभएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ ।

पोल्ट्री व्यवसायीहरुले भरतपुरमा राखेको छलफल कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा निकायहरुलाई अवैध कुखुरा, चल्ला र मासु आयत रोक्न निर्देशन दिनुभएको हो ।

बिज्ञापन

पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि ध्यान दिन व्यवसायीहरुले गृहमन्त्रीलाई अनुरोध गरेका थिए । गृहमन्त्रीले सोही स्थानबाट सबैले सुन्ने गरी नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोनमार्फत त्यस्तो आयात रोक्न निर्देशन दिनुभएको हो ।

उक्त कार्यक्रममा नेपाल पोल्टी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतभन्दा बढी योगदान रहेको आत्मनिर्भर व्यवसाय केही समय यता धराशायी हुने अवस्थामा पुगेकाले अवैध आयत रोक्न गृहमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।