खेलकुद

अनेक बन्देजसहित क्रिकेटर सन्दीप आज थुनामुक्त हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले आज धरौटीमा थुनामुक्त हुँदैछन् ।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै सन्दीप आज थुनामुक्त हुने भएका हुन् ।

बिज्ञापन

उच्च अदालत पाटनले बिहीबार नै दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी आज मात्रै छुट्दैछन् ।

अदालतले ठूलो रकम धरौटी माग गरेर थुनामुक्त गर्न आदेश दिएपनि सन्दीपमाथि अनेक बन्देज लगाएको छ । बोल्न, भेटघाट गर्न र विदेश यात्रा गर्न समेत बन्देज लागेको छ ।

उच्च अदालतले सन्दीपलाई जाहेरीकर्ता वा उनका परिवारका सदस्यलाई भेट्न वा कुनै पनि माध्यमबाट सम्पर्क गर्न रोक लगाएको छ ।

आदेशमा भनिएको छ– ‘आफू वा आफूसंवद्ध संस्था वा व्यक्तिहरुबाट जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको कुनै सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाव दिने, प्रभाव वा दुरुत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’

अदालतले सन्दीपलाई पीडित किशोरीसँग वा उनको परिवारका सम्बन्धका बारेमा वा मुद्दाको बारेमा अभिव्यक्ति दिन, मुद्दाको विषयमा सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा टीका टिप्पणी गर्न रोक लगाइएको छ ।

त्यसैगरी, सन्दीपलाई उपत्यका छोड्दासमेत प्रशासनको अनुमति लिनुपर्ने भएको छ । त्यस्तै तत्कालका लागि सन्दीपलाई विदेश जानसमेत रोक लगाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।