टीकापुर

रेशमसहितका राजबन्दी निःसर्त रिहा नभए सरकारमा जाँदैनौः नागरिक उन्मुक्ति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० पुष । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका राजबन्दी निःसमर्त रिहा नभएसम्म सरकारमा नजाने बताएको छ।

पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ –चौधरी) ले मन्त्री, सभामुख र उप–सभामुख बन्न पार्टीलाई हतार नभएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताएकी हुन्। 

बिज्ञापन

‘नागरिक उन्मुक्ति पार्टीको प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाइ हो,’ उनले लेखेकी छन्।  ‘हामी अनि हाम्रो माननीयज्यूहरूलाई मन्त्री, सभामुख, उप–सभामुख बन्नको कुनै हतारो छैन।’ उनले राजबन्दीहरू रिहा नहुँदा सम्म संघ र प्रदेश दुबै सरकारमा नजाने स्पष्ट पारेकी हुन्।

‘जब सम्म हाम्रो निर्दोष राजबन्दीहरू  निः सर्त रिहाइ हुँदैनन्। नागरिक उन्मुक्ति पार्टी न संघमा न प्रदेशमा  कहीँ कतै सरकारमा सामेल हुँदैनन्।’ उनले लेखेकी छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।