६४ जनाको मृत्यु भएको पुष्टि, कोही जीवित भेटिएनन्
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको भेटिएको छ । तर, उनीहरुको पहिचान भने भइसकेको छैन ।
बिज्ञापन

एसपी केसीले भने– ‘अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्याइसकेका छौं । बाँकी ३४ जनाको शव खोंचमा भेटिएका छन् ।’
३० जनाको शव ३ सय मिटर गहिरो खोंच भएकाले निकाल्न समस्या भएको उनले जानकारी दिएका छन् ।
एसपी केसीका अनुसार अहिलेसम्म कसैलाई पनि जीवित भेटिएका छैनन् ।
जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
