राष्ट्रिय समाचार

नारायणी नदीमा आजदेखि पानी जहाज चल्ने

बिज्ञापन

चितवन : सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ। 

बिज्ञापन

राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको हो ।

करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो। कोभिड महामारीका र केही नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन सकेको थिएन। अहिले सबै प्रक्रिया पुरा गरेर क्रुज सीप सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिए। 

आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेकाले यही समयलाई साइत मानेर सञ्चालन गर्ने बताए, तीन तलाको क्रुज सीपमा १८० जना अट्ने छन्। यसको कुल क्षमता भने २०० रहेको छ।

यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। क्रुज सीपको टिकट दर सात सय रहेको छ। ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ  दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ। 

भरतपुर महानगरपालिका– १६ मंगलपुर काभ्रे घाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ। 

नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दुरीमा मात्र सञ्चालनमा आउने भएको हो। सिपमा विवाह, पार्टी, कुनै कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ। जल पर्यटनलाई यस सिपले नयाँ टेवा पुग्ने राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले जनाएको छ। 

नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काभ्रे घाटमा सिपको स्टेसन रहेको छ। 

बिज्ञापन