घटना

अफगानिस्तानका पूर्वसांसदको गोली हानी हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ । काबुलस्थित आफ्नै घरमा बसिरहेका बेला ३२ वर्षीया मरसल नविजादाको गोली हानी हत्या गरिएको हो ।

आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ ।

बिज्ञापन

नविजादा सन् २०१८ मा काबुलबाट तत्कालीन संसद्को तल्लो सदनमा निर्वाचित भएकी थिइन् । तर, सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै उनी पदमुक्त भएकी थिइन् ।

अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडे पनि उनी स्वदेशमै बसिरहेकी थिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।