Sudur Pradesh News

निर्मला पन्त हत्या प्रकरणमा थप ५ जनाको डीएनए संकलन

बिज्ञापन

कन्चनपुर। कन्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणकालागि पठाइएको छ। 
कन्चनपुरको भीमदत्त नगरपालिकाकी पन्त घटनाको नयाँ बनेको छानबिन समितिले पाँचजनाको डीएनए संकलन गरेर परिक्षणकालागि काठमाण्डौ पठाइएको हो। 

बिज्ञापन

डीआईजी दुर्गा सिंहको नेतृत्वमा गठन भएको छानबिन समितिले कन्चनपुरको भीमदत्त नगरपालिकामा पुगेर पाँचजनाको डीएनए संकलन गरेको हो।

तर पन्त प्रकरणमा छानबिन समितिको संयोजक रहेकी सिंहको सरुवा भएको छ।त्यहीँ कार्यरत रहेकी सिंहको सरुवा भएपछि अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीले पन्त प्रकरण घटनाको अनुसन्धानमा अन्यौलता बढेको छ। सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा गरिएको छ। 

सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा गरिएको छ। गृहमन्त्रालयले गत साता सिंहको सरुवा सीआईबीबाट गरेको हो। छानबिन सुरु गर्नु अघि समितीले हालसम्म यस घटनाको अनुसन्धानमा खटिएका अधिकृतलाई बोलाएर छलफल गरेको थियो। यसअघि गृहमन्त्री नियुक्त भएलगत्तै रवि लामिछानेले निर्मला पन्तका हत्यारा पक्राउ आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए। 

त्यसपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीमा कार्यरत डीआईजी सिंहको संयोजकत्वमा दुईजना मनोचिकित्सकसमेत रहने गरी छानबिन समिति गठन गरेको थियो।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा हालसम्म एक सयभन्दा बढीको डीएनए परीक्षण भइसकेको छ। मृतक पन्तको भेजिनव स्वाबमा भेटिएको डीएनए प्रोफाइलसँग म्याच नभएपछि यो घटना प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।

२०७५ साउन ११ गते निर्मलाको शव स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो। उनी अघिल्लो दिन साथीको घरमा जान्छु भन्दै निस्किएकी थिइन्। सीआईबी नेतृत्वको छानबिन टोलीले करिब एक महिनापछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेपनि डीएनए नमिलेपछि उनिहरु छुटेका थिए। 

त्यसयता डीएनए मिल्ने व्यक्तीको खोजीमा रहेको प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन। त्यसयता सीआईबी र प्रहरी प्रधान कार्यालयले निरन्तर अनुसन्धान टोली परिचालन गर्दै आएको छ। प्रहरीले अनुसन्धान गरिरहेकैबीच गृहमन्त्री लामिछानेले घोषणा गरेपछि डीआईजी नेतृत्वमा समिती बनाइएको थियो।

बिज्ञापन