राष्ट्रिय समाचार

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित

बिज्ञापन

माघ ५ काठमाडौं आज सम्पन्न सभामुखको निर्वाचनबाट सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई प्रस्ताव गरेको सभामुखपदको  पक्षमा १६७ मत प्राप्त भएको छ भने विपक्षमा १००  मत मात्रै परेको हो
प्रतिनिधिसभाका कुल २७५ जना मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए भने  एक जना सांसद तटस्थ नै रहे

बिज्ञापन


घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

नेपाली कांग्रेसकीले आफ्नो पार्टीको तर्फबाट सभामुखको निम्ति अघि सारेकी ईश्वरी न्यौपानेको उम्मेदवारी रहेको थियो  तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए।

बिज्ञापन