घटनाराष्ट्रिय समाचार

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । बाजुराको गौमूल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। 

स्थानीय ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो। बिहीबार गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका वेला लडेर घटनास्थलमै उनको मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए।

बिज्ञापन

बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए। मृतकका श्रीमती, दुई छोरा र एक छोरी छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।