राष्ट्रिय समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री बालुवाटारमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री राजेन्द्र रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मुख्यमन्त्री रावलले प्रचण्डसँग् भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । २७ पुसमा माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका रावललाई विश्वासको मत जुटाउन सकस परेको छ ।

बिज्ञापन

माघ २७ भित्र मुख्यमन्त्री रावलले प्रदेश सभामा विश्वासको मत लिइसक्नुपर्नेछ । तर नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको हो । उसले जेलमा रहेका रेशम चौधरीलाई रिहाई गरेमात्र सरकारलाई विश्वासको मत दिने सर्त तेर्साको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।