राष्ट्रिय समाचार

प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुमा हामी सबै दोषी : गृहमन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई बचाउन नसक्नुन राजनीतिक दल र आफू दोषी भएको बताइका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आचार्यलाई उत्साह थपेर आत्मदाहको निर्णय फेर्न नसकेको प्रति माफी माग्र्दै यस्तो बताएका हुन् ।

बिज्ञापन

‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ?’ उनले भनेका छन्, ‘यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो ।’

गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्, ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन,’ लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु ।’ आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणामसमेत रहेको उनको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।