टीकापुर

बाल विकास नगर समिति टीकापुरद्धारा चरणबद्ध आन्दोलन गर्ने चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ११ माघ । आफ्नो माग पूरा नभए बाल विकास नगर समिति टीकापुरद्धारा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

टीकापुर नगरपाललिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास नगर समिति टीकापुरका अध्यक्ष गीता रावल कुँवरले नगरपालिकाले आफ्ना मागको बारेमा सुनुवाई नगरेपछि चरणबद्ध आन्दोलन समेत गर्ने बताउनु भयो ।

बिज्ञापन

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख रामलाल डंगौरा थारुले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र अब बस्ने कार्यपालिकाको बैठकमा यसलाई एजेण्डाका रुपमा लगि माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।

नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास नगर समिति टीकापुरले टीकापुर नगरपालिकाको ध्यानाकर्षण गराएको छ । विभिन्न ५ बुँदे माग राखेर समितिले नगरपालिकालाई हिजो ध्यानाकर्षण गराएको हो ।
समितिले टीकापुर नगरपालिकामा कार्यरत बाल विकास शिक्षकलाई नगरपालिकाको दायित्वमा रहेको मासिक ७ हजार रुपैया तलब २०७९ साउन महिनादेखि नै निरन्तरता दिनुपर्ने, बाल विकास केन्द्रमा बालमैत्रि कक्षाकोठाको व्यवस्था मिलाउनु पर्ने माग गरेको छ ।

बाल विकास शिक्षकलाई प्राथमिक तहका शिक्षक सरह तलब उपलब्ध गराउनु पर्ने, नगर शिक्षा समितिमा बाल विकास शिक्षक प्रतिनिधिका रुपमा राखिनु पर्ने, ६० वर्ष उमेर पुगेका बाल विकास शिक्षकलाई उपयूक्त सुविधासहित अवकाश दिनुपर्ने माग पनि समितिले गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।