बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ

जाजरकोट माघ १६ गते । जाजरकोटमा जवरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । बारेकोट गाउँपालिका ९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत सुर्खेतले गत साउन ३० गते गरेको फैसला आदेश अनुसार ९ वर्ष कैद ५० हजार जरिवाना गरेको थियो । गाउँकै एक महिलालाई बलात्कार गरेपछि २०७७ साल असोज १४ गते पक्राउ परेपछि जिल्ला अदालतले सफाइ दिएको थियो । मुद्दा पुन उच्च अदालतमा परेको थियो । जिल्ला अदालतले गरेको फैसला उल्टाएर महतारालाई जेल सजाय र जरिवान तोकेपछि फरार रहेका महतारा लुकीछिपी बसेको सूचनाका आधारमा घरबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

पक्राउ परेका महतारालाई जिल्ला अदालतको आदेश अनुसार कारागार चलान गरिएको निरौलाले बताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
