राष्ट्रिय समाचार

आजबाट सिंहदरबारमा २४ घण्टा नै मेलम्चीको पानी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ ।

बुधवार पानी वितरण कार्यको परीक्षण सफल रूपमा सम्पन्न भए पछि आज देखी २४ घण्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछ ।

बिज्ञापन

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ ।

उनका अनुसार त्यसका लागि पाइप बिछ्याउने, वितरण गर्ने, पानी वितरणको परीक्षण लगायत आवश्यक सबै तयारी पूरा भइसकेको छ ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।